शुक्रबार, वैशाख ४, २०८३

एपीएफलाई पराजित गर्दै पुलिस फाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- विभागीय टोली नेपाल पुलिस क्लब ‘प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। 

आइतबार भएको सेमिफाइनल खेलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै पुलिस फाइनल प्रवेश गरेको हो।

सुरुवाती दुई सेट २५–२१ र २५–२० ले जितेको पुलिसले तेस्रो र चौंथो सेट गुमाएको थियो। तेस्रो सेटमा एपीएफले २०–२५ ले जित्दा चौथो सेट पनि २१–२५ ले आफ्नो पक्षमा पारेको थियो। 

तर, अन्तिम सेटमा एपीएफमाथि पुलिसले १६–१४ स्कोरले आफ्नो पक्षमा पार्दै फाइनल प्रवेश गर्यो। 

अब पुलिसले उपाधिका लागि अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। 

आर्मी गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै यसअघि नै फाइनल पुगिसकेको छ। 

फाइनल खेल सोमबार हुनेछ। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख प्राप्त गर्ने छन्। 

त्यस्तै तेस्रो हुने टोलीले १ लाख र चौथो हुने टोलीले ५० हजार रुपैया प्राप्त गर्ने छन्। 

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छ। त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।