शुक्रबार, साउन २९, २०८३

लिटिल एन्जल्स च्याम्पियन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- लिटिल एन्जल्स स्कुलले मणिविक्रम शाह स्मृति अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ। 

आइतबार भएको फाइनल खेलमा लिटिल एन्जल्सले माउण्ट ग्लोरी स्कुललाई ४–२ गोलले पराजित गर्दै च्याम्पियन बनेको हो।

लिटिल एन्जल्सको जितमा सिद्धान्त ढाकुरले २ गोल गर्दा मुनाल थापा र विकास पुनले एक-एक गोल गरे। 

माउण्ट ग्लोरीका लागि एलेक्स पौडेल र संजय लामाले समान एक-एक गोल फर्काए। उपाधि बिजेता टिमले २५ हजार र उपबिजेता टिमले १५ हजार नगद प्राप्त गरे।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी लिटिल एन्जल्सका विशम पुन बने। त्यस्तै उत्कृष्ट गोलरक्षकमा लिटिल एन्जल्सकै आकाश राई र प्रतियोगितामा ९ गोल गरेका सिद्धान्त ढाकुर सर्वाधिक गोल कर्ता बने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।