शुक्रबार, वैशाख ४, २०८३

बार्सिलोनाको जितमा स्वारेजको दुई गोल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- शनिबार राति भएको स्पेनिस ला लिगामा बार्सिलानाले भ्यालेन्सियामाथि फराकिलो जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५-२ गोलले हराएको हो । 

बार्सिलोनाको जितमा लुइस स्वारेजले २ तथा अंशु फाती, डी जोङ र जेरार्ड पिकेले समान १ गोल गरे। भ्यालेन्सियाबाट गामिरो र गोमेजले १-१ गोल फर्काए। बार्सिलोनाबाट पहिलो रोजाइका १६ वर्षीय फातीले खेलको दोस्रो मिनेटमा नै गोल गरेका थिए। खेलको सातौं मिनेटमा डी जोङले बार्सिलोनाको अग्रता दोब्बर बनाए। पाहुना टोलीका गेमिरोले २७ औं मिनेटमा गोल गर्दै खेल पहिलो हापसम्म खेल २-१ को स्थितिमा ल्याए ।  

दोस्रो हाफमा पनि भ्यालेन्सिया खेलमा फर्कन सकेन । दोस्रो हापमा विपक्षीले थप ३ गोल गर्दा उसले १ गोल मात्रै गर्न सक्यो । 

५१ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई ३-१ को अग्रता दिलाए। त्यसपछि ६१ औं मिनेटमा स्वारेजले गोल गरेर बार्सिलोनालाई ४-१ को स्थितिमा पुर्याए । ८२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै स्वारेजले बार्सिलोनालाई फराकिलो जिततर्फ अग्रसर गराए। 

दोस्रो हाफको ईन्जुरी समयमा गोमेजले पाहुना टोलीका लागि सान्त्वना गोल गरे । 

जितसँगै बार्सिलोना ४ खेलबाट ७ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ। भ्यालेन्सिया भने ४ अंकका साथ तालिकाको १४ औ स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।