शुक्रबार, साउन २९, २०८३

साविक विजेता म्यानचेस्टर सिटी पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ। शनिबार राति भएको खेलमा म्यानचेस्टर नर्विच सिटीसँग ३-२ गोलले पराजित भएको हो।

घरेलु मैदानमा नर्विचलाई जित दिलाउन केनी म्याकलिन, टोड क्यान्टवेल र टेमु पुकीले १-१ गोल गरे। म्यानचेस्टरका सर्जियो अग्युरो र रोड्रीगोले १-१ गोल फर्काए। 

खेलको १८ औं मिनेटमा म्याकलिनले गोल गर्दै नर्विचलाई अग्रता दिलाएका थिए। २८ औं मिनेटमा क्यान्टवेलले गोल गर्दा घरेलु टोली २-० ले अघि रह्यो। तर, पहिलो हाफको अन्तिम मिनेटमा अग्युरोले गोल गर्दै म्यानचेस्टरलाई २-१ को स्थितिमा ल्याए। खेलको ५० औं मिनेटमा पुकीले गोल गर्दै नर्विचलाई ३-१ को अग्रता दिलाए। त्यसपछि खेलको ८८ औं मिनेटमा रोड्रिगोले गोल गरे पनि म्यानचेस्टर ३-२ ले पराजित भयो।

म्यानचेस्टरको लिगमा यो सिजनको पहिलो हार हो।

म्यानचेस्टर अंकतालिकामा दोस्रो स्थानमा छ। उसले ५ खेलबाट १० अंक जोडेको छ।

नर्विचको यो दोस्रो जित हो। नर्विचको ५ खेलबाट ६ अंक रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।