शुक्रबार, साउन २९, २०८३

लिभरपुलको जितमा मानेको दुई गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इंग्लिश प्रिमियर लिग फुटबलमा स्ट्राइकर साडियो माने चम्केपछि लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ।

शनिबार भएको खेलमा न्युकासल युनाइटेडलाई लिभरपुलले ३-१ गोलले पराजित गर्दा मानेले दुई गोल गरे।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले पुनरागमन जित निकालेको हो। खेलको सातौँ मिनेटमा घरेलु टोली पछि परेको थियो। न्युकासलका जेट्रो विलिम्सले गोल गरेपछि घरेलु टोली खेलमा पछि परेको थियो। 

तर, २८ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए। ४० औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल पहिलो हाफमा २-१ ले अघि रह्यो।

त्यसपछि दोश्रो हाफमा थप एक गोल मोहमद सलाहाले गरे। उनले खेलको ७२ औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए। यस जितसँगै लिभरपुलले शीर्ष स्थान कायमै राखेको छ।

लिभरपुलले ५ खेलबाट १५ अंक जोडेको छ। पराजित न्युकासलले समान खेलबाट ४ अंक जोड्दै १६ औं स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।