एजेन्सी- इडेन हाजार्डको डेब्यु खेलमा रियल मड्रिड विजयी भएको छ। शनिबार भएको स्पेनिस ला गिला खेलमा रियलले लेभान्टेलाई ३–२ गोलले पराजित गरेको हो।
घरेलु मैदानमा लेभान्टेलाई पराजित गर्न कारिम बेन्जेमाले दुई तथा कासिमारोले एक गोल गरे। लेभान्टेका लागि ब्रोजा मायोरा र गोन्जालो मेलेरोले एक एक गोल फर्काए।
खेलको २५ औं मिनेटमा बेन्जिमाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यसको छ मिनेट नबित्दै बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे।
४० औं मिनेटमा कासिमारोले गोल गरेपछि रियलले पहिलो हाफमा ३–० को अग्रता बनायो। तर, दोस्रो हाफमा भने रियल दुई गोल खान पुग्यो।
४९ औं मिनेटमा लेभान्टेका मायोरालले गोल फर्काउदै रियलको अग्रता घटाए। ७५ औं मिनेटमा लेभान्टेका लागि मेलेरोले गोल थपेपछि रियल केही समय दबाबमा परेको थियो।
तर, त्यसपछि भने कुनै थप गोल नभएपछि रियलले सिजनको दोस्रो जित निकाल्न सफल भयो।
यसअघि चोटका कारण मैदान बाहिर रहँदै आएका हाजर्डले खेलको ६० औं मिनेटमा कासिमिरोको स्थानमा मैदान प्रवेश गर्दै लिगमा डेब्यु गरेका हुन्। बेल्जियमका कप्तान हाजार्ड इंग्लिश क्लब चेल्सीबाट यसै सिजन रियल आएका हुन्।
तर, चोटका कारण उनले सुरुवाती खेल खेल्न पाएका थिएनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४