शुक्रबार, साउन २९, २०८३

धनगढी फुटसलको उपाधि कैलाश विकास बैंकलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- नेपाल आईस धनगढी फुटसल लिगको उपाधि कैलाश विकास वैंकले जितेको छ।

नविल बैंकलाई ९-४ ले हराउँदै कैलाश विकास बैंकले उपाधि जितेको हो। सुदूरपश्चिम प्रदेशको सर्वाधिक धनराशीको नेपाल आईस धनगढी फुटसल लिगको  विजेता बनेसँगै कैलाश विकास बैंकले नगद ५० हजार पुरस्कार पाएको छ।

उपविजेता बनेको नविल बैंकले नगद २५ हजार पाएको छ। कैलाशलाई उपाधि जिताउन निशान थापाले दोहोरो ह्याट्रिक गरे भने रमेश वोहोराले २ र महेश चौधरीले एक गोल थपे। नबिलका लागि विवेक विष्टले २ तथा विरेन्द्र विष्ट र केशव चौधरीले एक एक गोल फर्काए। 

फ्ल्याटल्याण्ड फुटसलमा भदौ ६ गते सुरु भएर शनिबार सकिएको लिगको उत्कृष्ट खेलाडी नबिल बैंकका विरेन्द्र विष्ट भए। 

सर्वाधिक गोलकर्ता कैलाश विकास बैंकका रमेश वोहोरा र उत्कृष्ट गोलरक्षक कैलाशकै सन्दीप शर्मा भए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।