काठमाडौं - फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लबबाट ब्राजिलियन स्टार खेलाडी नेयमारले सिजनको पहिले खेल खेल्ने भएका छन्।
लामो समय ट्रान्सफर विन्डोजमा अल्झिएका नेयमार अन्तत: पिएसजीको टोलीमा समेटिएसंगै सिजनको पहिलो खेल खेल्ने पक्का भएको हो। प्रशिक्षक थोमस टुचेलले अब नेयमार क्लबबाट नियमित खेल्ने पक्का रहेको बताएका छन्।
नेयमार आज (शनिबार) स्ट्रासवर्गविरुद्ध हुने खेलमा मैदानमा देखिने छन्। उनी जारी सिजन चोट र त्यसपछि ट्रान्सफर विन्डोजमा सरुवा हुने चर्चाका कारण टोलीमा रहेका थिएनन्। अब भने नेयमार पूर्ण फिट भैसकेका छन्।
नेयमारले चोटबाट फर्किदै गत साता ब्राजिलका लागि दुई मैत्रीपूर्ण खेल खेलीसकेका छन्। कोलोम्बियाविरुद्धको जितमा गोल समेत गरेका नेयमारले अब पिएसजीको आक्रमण सम्हाल्नेछन्।
पिएसजीका अर्का स्ट्राइकरद्वय केलियन एमबाप्पे र एडिन्सन काभानी चोटका कारण मैदान बाहिर छन्। त्यसैले पनि नेयमारले पिएसजीको फरवार्ड लाईन सम्हाल्ने छन्। प्रशिक्षक टुचेलले नेयमारको टोलीमा महत्व झनै बढेको बताएका छन्। ‘नेयमारको पुनरागमन राम्रो समयमा भएको छ। एम्बाप्पे र काभानी चोटका कारण बाहिर रहँदा उनले नै हाम्रो आक्रमण सम्हाल्नेछन्। उनी अब पिएसजीमा नै ध्यान केन्द्रीत गरेर खेल्नेछन्। हामीले पहिलादेखि यहि नै चाहेका थियौं,’ प्रशिक्षक टुचेलले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४