शुक्रबार, वैशाख ४, २०८३

बेल प्रतिको पूर्वाग्रह हाम्रो गल्ती : जिदान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी - स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले वेल्सका स्ट्राइकर ग्यारेथ बेल प्रतिको पूर्वाग्रह ठूलो गल्ति भएको बताएका छन्। गत सिजनको अन्त्य तिर बेललाई यस सिजन आफ्नो योजनामा नरहेको बताउँदै आएका जिदानले बेल प्रतिको पूर्वाग्रह ठुलो गल्ती भएको बताएका छन्। 

जिदानले गत सिजन लिग अन्तर्गतका अन्तिम केही खेलमा बेललाई खेलाएका थिएनन्। उनले बेललाई प्रि–सिजनका सुरुवाती खेलमा टोली बाहिर राखेका थिए। तर, हाल प्रशिक्षक जिदानले बेल अद्धभुत क्षमता भएको खेलाडी भन्दै तारिफ गरेका छन्। 

यस सिजनको सुरुवातमा बेल चीनीयाँ लिग क्लब जियाङ्सु सुनिङ जाने लगभग पक्का थियो। किनकी उनलाई रियलले विना मूल्यमा क्लब छोड्ने स्वतन्त्रता दिएको थियो। तर, अन्त्यमा बेलको चीनीयाँ क्लबसँगको अनुन्धलाई रोकेको थियो। 

‘बेलको विषयमा हामी सबै दोषी छौं। कहीलेकाहीँ अवस्था गलत हुन्छ।’, प्रशिक्षक जिदानले भने, ‘यो सब दोष हामीमाथि नै छ। यतिमात्र हो की हामी कुनै बेला टोली बदल्न चाहन्छौं, जुन बेला टिमको एकता सही गइरहेको हुँदैन्।’ 

बेललाई अमेरिकामा प्रि–सिजनका दौरान टोलीमा समावेश गरिएको थियो। ‘मैले सधैं भनिरहेको छु की उनी अद्धभुत गुण भएका खेलाडी हुन्। उनी एक महान खेलाडी हुन्। ट्रान्सफर विन्डोजमा के भएको थियो त्यो सबैलाई थाहा छ। तर, अब उनी हाम्रो टोलीमा छन् र सबै खुसी छौं।’, जिदाले भने, ‘अब हामी अगाडि बढ्ने छौं।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।