शुक्रबार, साउन २९, २०८३

रियलमा डेब्यू गर्न तयार हाजार्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - रियल मड्रिडबाट स्पेनिस ला लिगामा डेब्यूका लागि इडेन हाजार्ड तयार रहेको क्लब स्रोतले जनाएको छ। तर, आफ्ना नयाँ खेलाडी हाजार्ड प्रति क्लब सचेत रहने बताइएको छ। रियलले शनिबार दिउँसो पौने ५ बजे लेभान्टेसँग सिजनको चौथो खेल खेल्दै छ।
 
बेल्जियम स्टार हाजार्डले पनि लेभान्टेसँगको खेलका लागि आफ्नो समझदारी जनाएका छन्। प्रि–सिजनका दौरान उनी चोट बोक्दै मैदान बाहिरिएका थिए। त्यसपछि उनले रियलबाट कुनै खेल खेलेका छैनन्। 

‘हामीलाई उनको बारेमा थोरै मात्र थाहा छ। उनीसँग केही समय मात्र बेतित गर्न पाउँदै तीन साता मैदान बाहिरिए। उनी यस साता मैदान फर्किने छन्।’ प्रशिक्षक जिदानले भने, ‘हामी सबै उनलाई खेलेको हेर्न चाहन्छौं। हामीले २१ दिनमा सात खेल खेल्नु पर्नेछ। त्यसैले उनीसँग सावधानी अपनाउनु पर्नेछ।’ उनले थपे, ‘स्थिती के छ त्यो हामीलाई थाहा छ। उनी तयार छन् त्यो सबै भन्दा महत्वपूर्ण विषय हो।’ 

उनलाई उत्कृष्ट खेलाडी बनाउन धेरै अवसर दिने संकेत जिदानले गरेका छन्। ‘उनलाई उत्कृष्ट खेलाडी बनाउन धेरै कोसिस गर्दै छु। हामीले खेल्नु पर्ने यो खेल मात्र हैन धेरै खेल छन्। जसका लागि हाजार्ड तयार हुन जरुरी छ।’ 

यता रियलले अफ्नो प्ले–मेकर लुका मोड्रिचलाई गुमाउने छ। खुट्टाको मसल्समा लागेको चोटका कारण मोड्रिच लेभान्टेविरुद्धको खेलमा उपस्थित हुने छैनन्। ३४ वर्षीय मोड्रिचले क्रोएसियाका लागि दुई अन्तर्राष्ट्रिय खेल खेलेका थिए। मोड्रिचले च्याम्पियन्स लिग अन्तर्गत फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसी) सँगको खेल गुमाउने सम्भावना प्रवल रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।