शुक्रबार, वैशाख ४, २०८३

सन्दीपले मेलवर्न स्टार्सबाटै खेल्ने पक्का 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको चर्चित फ्रेन्चाइज क्रिकेट लिग बिग बास (बीबीएल) पुनः मेलवर्न स्टार्सबाटै खेल्ने पक्का भएको छ।

गत सिजन उत्कृष्ट प्रदर्शन गरेका सन्दीप र मेलवर्नबीचको आधिकारीक सम्झौता भने हुन बाँकी रहेको छ। नयाँ सम्झौताका लागि सन्दीप र मेलवर्नबीच प्रारम्भिक प्रक्रिया अघि बढेको हो। 

मेलवर्नका प्रशिक्षक डेभिड हस्सीले पनि सन्दीप यस सिजन मेलवर्नमै रहने बताएका छन्। ‘गत सिजन सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए। यस सिजन उनले थप सुधार गर्नेमा विश्वस्त छु। सन्दीपसँग ओपनिङ, मिडल र डेथ ओभर जुनै समय पनि बलिङ गर्ने क्षमता छ,’ हस्सीले अष्ट्रेलियाका संचारमाध्यमसँग भनेका छन्। 

तर, सन्दीपले बंगलादेश प्रिमियर लिगसँगको समय मिलाएर मात्र मेलवर्नसँग सम्झौता गर्ने बताइएको छ। गत सिजन बीबीएलमा मेलवर्नबाट डेब्यू गरेका सन्दीपले डेब्यु सिजनको ८ खेलमा ११ विकेट हात पारेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।