बुधबार, मंसिर ३, २०८२

भद्रगोल टिमको नयाँ टेलिसिरियल ‘सक्किगोनि’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- ‘भद्रगोल’ बाट छुट्टिएका कलाकारहरूले नयाँ टेलिसिरियल ‘सक्किगोनि’ ल्याउने भएका छन्। 

अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, सागर लम्साल ‘बले’, हरि निरौला ‘कक्रोज’, मधुसुदन पाठक ‘सीते बा’ लगायतका २१ जना कलाकारको टिम ‘सक्किगोनि’ मार्फत् टेलिभिजनको पर्दामा देखिने भएको हो। 

मधुसुदन पाठक ‘सीते बा’ ले नेपाल समयसँग कुरागर्दै ‘सक्किगोनि’ मार्फत् दर्शकमाँझ आउन लागेको बताए। ‘सक्किगोनि’ बाट पुरानै प्रस्तुति शैलीमा नयाँ बिषयबस्तुबारे दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने उद्देश्य रहेको उनले सुनाए।

उनले भने, ‘थप जिम्मेवार बन्दै, नया चुनौतीका साथ, दर्शकहरूको साथ र मायाको अपेक्षा राख्दछौं सक्किगोनि अब  !’

असोज २ गतेदेखि नेपाल टेलिभिजनमा प्रत्येक बिहीवार बेलुकी ८.५० देखि ‘सक्किगोनि’ हेर्न पाइने उनले जानकारी दिए। मिडिया हवसँगको मनमुटावले गर्दा हास्य टेलिश्रृङ्खला ‘भद्रगोल’ बाट यो टिम बाहिरिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्