शुक्रबार, साउन २९, २०८३

नेपालको विकास नै भारतीय उद्देश्य : मोदी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै यस्ता विकास साझेदारले दुई देशको सम्बन्ध थप सुदृढ हुने बताएका छन्। उनले भने, ‘प्रधानमन्त्री केपी ओलीको पछिल्लो नेपाल भ्रमणका क्रममा भएको सहमतिअनुसार पेट्रोलियम पाइपलाइन उद्घाटन भएको छ।’ 

उनले नेपाल भारत सहयोगका परियोजनाहरुको काम सन्तोषजनक रहेको पनि बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकताअनुसार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मोदीले क्रस बोर्डर पाइपलाइन दक्षिण एसियामै निकै महत्त्वपूर्ण रहेकाले यसबाट नेपाली जनताले सहज रुपमा पेट्रोलियम पाउन सक्ने बताए। उनले भने, ‘ यो नेपालीका लागि भलाइको विषय हो। यो अवसर पाएकोमा म निकै प्रसन्न छु।’

उनले नेपाल–भारत सम्बन्ध थप उचाइमा पुर्याउन प्रधामन्त्री ओलीको कार्यकालमा विभिन्न चरणमा भएका वार्ता निकै उपयोगी रहेको बताए। मोदीले भने, ‘विकासमा साझेदारी बढाउन अझ सक्रिय हुनेछौं । संयुक्त प्रयासको उद्देश्य भारतीय जनताको लाभ र नेपालमा विकास नै हाम्रो उद्देश्य हो।’
 
भारतीय प्रधानमन्त्री मोदीले नेपालको भूकम्प पुनर्निर्माणमा छिमेकीका नाताले गरेको सहयोगको चर्चा गरेका थिए। भारतीय सहयोगमा गोरखा र नुवाकोटमा पुनर्निर्माण भएको छ।

ओलीलाई धन्यवाद

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना तोकिएको समयअगावै निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन्। यो परियोजनाको उद्घाटन लगत्तै ट्विट गरेर मोदीले आफ्ना समकक्षी केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्।

मोदीलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। पेट्रोलियम पाइपलाइनको भिडियो कन्फरेन्सबाट उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल आउन आग्रह गरेका हुन्। 

ओलीले भारतीय सहयोगबाट पेट्रोलियम पाइपलाइनका अतिरिक्त अन्य आयोजना अघि बढिरहेको भन्दै ती पनि समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। 

यसैगरी प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त रूपमा नेपाल-भारत पेट्रोलियम पाइपलाइन उद्घाटन गर्न पाउँदा खुसी लागेको बताएका छन्।प्रधानमन्त्री ओलीले ट्विट गरेका छन्, 'तोकिएको समय भन्दा पहिले नै यो परियोजना सम्पन्न भएकोमा मेरा मित्र श्री मोदी जी र भारत सरकारप्रति धन्यवाद! यस परियोजनामा आवद्ध नेपाली टीमलाई बधाई।'

उद्घाटनका केही दृश्य (तस्बिर - नेपाल समय)







प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।