शुक्रबार, साउन २९, २०८३

पेट्रोल, डिजेल र मट्टितेलमा दुई रूपैयाँ घट्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा दुई रूपैयाँ घटाएको छ । 

नेपाल आयल निगम लिमिटेडले मंगलबार प्रेस विज्ञप्ति जारी गरी आज दिउँसो १२ बजेपछि लागू हु्ने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । अब राजधानी काठमाडौंमा प्रतिलिटर पेट्रोलको मूल्य १०७ रूपैयाँ पर्नेछ । यसअघि यसको मूल्य १०९ रूपैयाँ पथ्र्याे ।

यस्तै, डिजेल र मट्टितेल भने प्रतिलिटर ९५ रूपैयाँमा खरिद गर्न सकिनेछ । यसअघि यसको मूल्य प्रतिलिटर ९७ रूपैयाँ पथ्र्याे । 

राजधानी बाहिरका झापा, विराटनगर, धनुषा, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढीका डिपोमा भने प्रतिलिटर पेट्रोलको १०५.५० रूपैयाँ पर्नेछ । यस्तै, डिजेल र मट्टितेल ९३.५ रूपैयाँ खरिद गर्न सकिनेछ । 

पोखरा र दाङमा पेट्रोल १०६.५० रूपैयाँ तथा डिजेल र मट्टितेलको ९४.५० रूपैयाँ पर्नेछ । 

पाइपलाइनबाट ढुवानी हुँदा बचत भएकाले मूल्य घटाइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आजै मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।