काठमाडौं- नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका छन्।
उनले मंगलबार बिहान नक्सालस्थित मेरिअट होटलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका हुन्।
उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, समकक्षी प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेका थिए।
त्यहाँबाट उनी नारायणहिटी दरबार संग्राहलय पुग्ने र त्यसपछि स्वदेश फर्कने कार्यतालिका छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४