शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आउने भए चिनियाँ राष्ट्रपति, पुराना सम्झौता कार्यान्व्यन गरिने

आउने भए चिनियाँ राष्ट्रपति, पुराना सम्झौता कार्यान्व्यन गरिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले चिनियाँ विदेशमन्त्रीले गरेका भेटघाट र सम्झौतालाई मुख्य समाचार बनाएका छन् ।
 
आइतबार साँझ नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग केहि विषयमा सम्झौता गरेका थिए भने प्रधानमन्त्री केपीशर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए । विदेशमन्त्रीले सबैसँगको भेटमा उच्चस्तरीय भ्रमण चाडै हुने बताएका थिए ।
 
यसैविषयलाई मुख्य समाचार बनाउँदै अन्नपूर्ण पोस्ट्ले चिनियाँ आयोजना अघि बढ्ने, राष्ट्रपति सी आउने निश्चित शीर्षकमा खबर लेखेको छ । कान्तिपुर दैनिकले चिनियाँ राष्ट्रपतिको भ्रमण चासो ‘सकारात्मक’ शीर्षकमा खबर छापेको छ। 

नागरिक दैनिकले विगतका सम्झौता कार्यान्व्यन गर्ने प्रतिबद्धता शीर्षकमा खबर लेखेको छ । नयाँ पत्रिकाले चिनियाँ विदेशमन्त्रीको भ्रमणः ३५ करोडको अस्पताल र ५ हजार टेन्ट दिने सम्झौता शीर्षकमा खबर छापेको छ।
 
चिनियाँ राष्ट्रपतिको भ्रमण चासो ‘सकारात्मक’

कान्तिपुरमा प्रकाशित समाचारअनुसार चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेटवार्तामा चिनियाँ राष्ट्रपति सि चिनफिङको सम्भावित नेपाल भ्रमणका बारेमा ‘सकारात्मक संकेत’ दिएका छन् ।

‘चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणबारे पनि कुराकानी भएको छ। भ्रमण अपेक्षित छ, तर कुन मितिमा हुन सक्ने भन्ने निर्क्यौल भैसकेको छैन,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबारको दुई पक्षीय सयन्त्र बैठकपछि भने–‘विदेशमन्त्री वाङ यीले चीनबाट विशिष्ट राजनीतिक तहमा हुन सक्ने नेपाल भ्रमणको सरोकारलाई सकारात्मक रुपमा लिनुभएको छ।’

नेपालमा राजनीतिक संक्रमण र अस्थिरता टुंगिएको यो अवस्था उच्चस्तरमा हुने राजनीतिक भ्रमणको ‘उपयुक्त समय’ रहेको भन्दै आफूले नेपाली सरोकारलाई विदेशमन्त्री समक्ष राखेको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए।
 
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न गएका विदेशमन्त्री यीसँग प्रधानमन्त्री ओलीले ‘चीनबाट उच्चस्तरीय भ्रमणको अपेक्षा गरिएको’ सरोकार राखेका थिए। ‘राष्ट्रपति सिको नेपाल भ्रमण उपयुक्त समयमा गर्नेतर्फ सोचिरहेका छौँ,’विदेशमन्त्री यीको जवाफ उद्धृत गर्दै बालुवाटार बैठकमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र मामला सल्लाहकार राजन भट्टराईले भने।

अन्नपूर्ण पोस्ट्ले पनि चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति सीले चाँडै नै नेपाल भ्रमण गर्ने बताएको उल्लेख गरेको छ ।

‘चीनबाट उच्चस्तरीय भ्रमणको तयारी हुँदैछ । त्यो भ्रमण उपयुक्त समयममा हुने नै छ,’ विदेशमन्त्री वाङलाई उद्धृत गर्दै प्रधानन्त्रीका सल्लाहकार राजन भट्टराईले भने । प्रधानमन्त्री ओलीले नेपालले चीनबाट उच्चस्तरीय भ्रमण चाँडो होस् भन्ने चाहेको स्मरण गराएलगत्तै वाङले त्यस्तो धारणा व्यक्त गरेका हुन् । 

चिनिया राष्ट्रपति सिले असोज २४ देखि २६ सम्म भारत भ्रमण गर्न लागेको र त्यही अवसरमा भारतबाट फर्कंदा एक दिनका लागि नेपाल भ्रमणमा आउने ‘अपुष्ट सूचना’ बाहिर आइरहेका बेला विदेशमन्त्री यीको अहिले भइरहेको भ्रमण यही सरोकार केन्द्रीत बनेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सीबीच तामिलनाडुको मामलपुरमा भेटवार्ता हुन लागेको सन्दर्भमा नेपाल आउने विषय जोडिएको हो।


यो विषय बाहेक आजको नयाँ पत्रिकाले नवलपरासीमा कार्यालय हिडेकी एक युवतीलाई १० जनाले सामुहिक बलात्कार गरेको र सत्तारुढ दल नेकपाका अध्यक्ष केपीशर्मा ओली र माधव नेपालबीच १९ दिनदेखि बोलचाल बन्द भएको विषयलाई प्राथमिकताका साथ छापेको छ।

नागरिक दैनिकले भूमि विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै उद्योगको जग्गा बिक्री गर्ने बाटो खुलेको विषयलाई प्राथमिकताका साथ छापेको छ। अन्नपूर्ण पोस्ट्ले स्थानीय तहका प्रमुख उपप्रमुखबीच चलेको घम्साघम्सीलाई विशेष महत्वका साथ प्रकाशित गरेको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।