काठमाडौं- बलात्कारको अभियोग लागेका एक व्यक्ति साढे १ वर्षपछि पक्राउ परेका छन्।
जुम्लाको सिजा नगरपालिका वडा नं. २ घर भइ काठमाडौं बस्दै आएका मनोज खत्रीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।
उनलाई महाशाखाको विशेष टोलीले सोमबार काठमाडौंको बसुन्धाराबाट पक्राउ गरेको जनाइएको छ। थप अनुसन्धानका लागि उनलाई महानगरीय वृत्त बानेश्वरमा राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४