काठमाडौं - तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
वाङ प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। उनी समकक्षी प्रदीप ज्ञवाली नेतृत्वको टोलीसँग वार्ता गरेर सहमति पत्रमा हस्ताक्षर गरेपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।
प्रधानमन्त्रीसँगको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका बारे कुराकानी भएको बताइएको छ।
प्रधानमन्त्रीसँग बालुवाटारमा भेटवार्ता गरे लगत्तै उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने भएका छन्। विदेशमन्त्री वाङले नेपाल सरकारका केही विभागीय मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगसमेत भेट्ने कार्यक्रम रहेको बताइएको छ।
विदेश मन्त्री वाङ मंगलबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४