शुक्रबार, साउन २९, २०८३

नेपाल र चीनबीच तीन सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ–  चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा आज नेपाल र चीनबीच तीनवटा सम्झौता भएको छ ।

काठमाडौंको याक एण्ड यति होटलमा भएको परराष्ट्रमन्त्रीस्तरीय वार्तापछि पराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र  उनका चिनियाँ सकमक्षी वाङ यीको उपस्थितिमा मनाङमा रु. ३५ करोडको लागतमा अस्पताल बनाउने, नेपाललाई आपतकालीन राहतका लागि चीनले पाँच हजार थान टेन्ट उपलब्ध गराउने र नेपालमा चिनियाँ भाषा पढाउनका लागि चिनियाँ स्वयंसेवक शिक्षकहरु आउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । 

सम्झौतामा अर्थसचिव राजन खनाल,  शिक्षा सचिव महेशप्रसाद दाहाल र चाइना डेभलपमेन्ट कोअपरेसनका उपाध्यक्षले हस्ताक्षर गरेका छन् ।

यी सहयोगहरु गएको बैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको क्रममा चीनले घोषणा गरेको रु.१७ अर्बको सहयोग अन्तर्गतका हुन्। 

सन् २०७१ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालमा स्वयम्सेवी चिनियाँ भाषा शिक्षक आउने विषयमा सहमति भएको थियो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।