काठमाडौं- नेपालको राजनीतिक बृत्तमा राजतन्त्रको चर्चा चलिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्डमा बसेका थिए।
प्रमुख राजनीतिक दलहरुको सर्वदलीय छलफलमा राजतन्त्र फर्काउने प्रयास भइरहेको भन्दै चर्चा चलेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गणतन्त्र जोगाउन सबै पक्षलाई एकजुट हुन आग्रह गरेका थिए।
नेपालमा राजतन्त्रको चर्चा चलिरहँदा पूर्वराज परिवार भने थाइल्याण्ड आवत जावत गरिरहेका छन्।
साउन २४ गते परिवारसहित थाइल्याण्ड गएका पूर्वराजा ज्ञानेन्द्र शाह झण्डै एक महिनापछि स्वदेश फिर्ता भएका हुन्।
सोमबार दिउँसो सवा १२ बजे पूर्व राजा शाह नेपाल फर्किएका हुन्।
उनी नेपाल फर्किएपछि पुनः राजावादीहरुको गतिविधि बढ्न सक्ने देखिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४