शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा रोकीएन नदीजन्य पदार्थको उत्खनन्, सात जना पक्राउ

कैलालीमा रोकीएन नदीजन्य पदार्थको उत्खनन्, सात जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - कैलालीका नदीहरूबाट मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन् बढेको छ। नदी तथा स्थानीय खोलामा मापदण्ड र सहमति विपरीत गिट्टी, बालुवा र ढुङ्गा उठाउने कार्य भइरहेको भएपनि सरोकारवाला निकायले यसको नियन्त्रणका लागि कुनै चासो देखाएको छैन।

स्थानीय प्रशासनले नदी जन्य वस्तुको उत्खनन र बिक्री वितरणमा रोक लगाए पनि अनुगमन र निगरानी गर्न नसक्दा नदीजन्य पदार्थ उत्खनन बढेको हो।

कैलालीको खुटिया नदी, वन क्षेत्र र चुरे क्षेत्रबाट अवैध रुपमा ढुङ्गा, बालुवा र गिट्टी निकाल्ने गरेको पाइएको छ। 

बालुवा ढुवानी गरिरहेका ट्रयाक्टरसहित सात जना पक्राउ

खुटिया नदीबाट अवैध रूपमा बालुवा ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीको टोलीले आइतबार राति धनगढी उपमहानगरपालिका वडा नम्बर १९ पथरियाबाट सात ट्रयाक्टरसहित सात जना चालकलाई पक्राउ गरेको हो।

खुटिया नदीबाट अवैध रूपमा बालुवा लोड गरी ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक भीम चन्दले बताए। आवश्यक कारबाहीका लागि ट्रयाक्टर सहित ७ जनालाई नै जिल्ला समन्वय समिति कैलाली पठाइएको उनले जानकारी दिए।

चन्दकाअनुसार पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका १ वसन्त टोलका सञ्जय यादव, सोही ठाउँका सुनिल चौधरी र रामपुकार सहानी, वडा नम्बर ५ जाईका गजेन्द्र चौधरी, वडा नम्बर ८ का करन चौधरी, वडा नम्बर ६ जालीका ईन्द्र चौधरी र वडा नम्बर ७ मनहेराका बर्षातु चौधरी रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।