शुक्रबार, साउन २९, २०८३

काठमाडौंमा गुड्न थाले विद्युतीय बस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सुन्दर यातायात प्रालिले आजदेखि काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन‍मा ल्याएको छ। सो कम्पनीले चीनबाट दुईवटा विद्युतीय बस नेपालमा भित्र्याएको हो। विद्युतीय बसको उद्घाटन सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरे।
 
ति दुईवटा बसहरुले चक्रपथ परिक्रमा गर्ने अनुमति पाएको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए। कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ। यो वर्षभित्रै कम्पनीले २५ वटा बस काठमाडौंमा चलाउने गरी प्रक्रिया अघि बढाएको अध्यक्ष थापाले जानकारी दिए। 

कम्पनीका अनुसार ति विद्युतीय बस नेपालको बाटो सुहाउँदा रहेका छन्। विद्युतीय बस ४० सिट क्षमताका छन्। कम्पनीले फरक–फरक रुटमा चलाउन सकिने गरी ३ किसिमका बस ल्याउने तयारी गरेको जनाएको छ। 

कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने दाबी गरेको छ। त्यसका लागि फास्ट चार्जिङ मेसिन ल्याइने छ। हाल कम्पनीको भत्केको पुलमा रहेको चार्जिङ स्टेसनमा २ घन्टामा फूल चार्ज हुने मेसिन जडान गरिएको छ। कम्पनीले गत साता आफ्नो चार्जिङ स्टेसने उद्घाटन गरिसकेको छ। 

त्यसैगरी सो विद्युतीय बसमा यात्रा गर्ने यात्रुले स्मार्ट यात्रा कार्डमार्फत् भाडा तिर्न सक्नेछन्। यो प्रणाली हाल परीक्षणका क्रममा छ। कम्पनीका अनुसार सञ्चालन खर्च कम हुने भएकोले अन्य बसले लिने भाडा भन्दा सो बसको भाडा कम हुने छ। 

सरकार आफैले पनि काठमाडौं लगायत विभिन्न सहरमा विद्युतीय बस सञ्चालन गर्ने योजना बजेट मार्फत सार्वजनिक गरिसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।