शुक्रबार, साउन २९, २०८३

विमानस्थलबाट डेढ किलो सुन बरामद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - त्रिभुवन विमानस्थल भन्सारले सिलौटोमा लुकाई ल्याएको डेढ किलो सुन बरामद गरेको छ।

विमानस्थल भन्सारका निमित्त प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार हिमालय एयरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आएका होमबहादुर गुरुङलाई विमानस्थल भन्सारले सुनसहित पक्राउ गरेको हो।

आगमन कक्षमा उनको झोला जाँच गर्ने क्रममा सुन फेला परेको थियो। त्यस्तै गुरुङलाई एयरपोर्टमा लिन आएका थप दुई जनालाईसमेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नयाँ बस पार्कमा होटल सञ्चालन गर्दै आएका मोरङ पथरी घर भएका ३३ वर्षिय अनिल लुइँटेल र सोही ठाउँका ३१ वर्षिय भोजराज रहेका छन्।

भन्सार विभागले पक्राउ परेका व्यक्ति र सुनबारे अनुसन्धान गरिरहेको जनाएको छ। गुरुङले सिलौटोमा कागजले बेरेर सुन ल्याएको पाइएको विश्वकर्माले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।