शुक्रबार, साउन २९, २०८३

मन्त्रीका चालकलाई ट्राफिक तालिम दिइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- महानगरीय ट्राफिक महाशाखाले मन्त्रालयमा कार्यरत सवारी चालकलाई तालिम दिने भएको छ।

महाशाखामा सोमबार आयोजित पत्रकार सम्मेलनमा महाशाखा प्रमुख एसएसपी भीम ढकालले मन्त्री तथा उच्च तहका कर्मचारी चढेका गाडीले ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि तालिम दिन लागिएको बताए।

गत साता अपराध अनुसन्धान विभागबाट सरुवा भई महानगरीय ट्राफिक महाशाखामा सरुवा भएका ढकालले आफ्ना भाबी योजना सार्वजनिक गर्दै उपत्यको सवारी व्यवस्थापनमा कडाइ गरिने बताए।

 एसएसपी ढकालले भने, ‘ट्राफिक नियम जोसुकैले पालना गर्नुपर्छ। नम्र व्यवहार र कानुन कार्यान्वयनमा कडाइ ट्राफिकको नारा हो।’

राजधानीको सवारीसाधन व्यवस्थापन स्मार्ट ट्राफिक पुलिसको अवधारणाअनुसार गरिने उनले बताए। उनले यसबारे सरोकारवालासँग समन्वय गरिने बताए।

यसअन्तर्गत सवारीसाधनको सूक्ष्म निगरानी, तोकिएभन्दा बढी भाडा लिने सवारीसाधनमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

ढकालका अनुसार विमानस्थल हुँदै काठमाडौं भित्रने यात्रुसँग बढी पैसा असुल्ने ट्याक्सी चालकमाथि कारबाही प्रक्रिया तत्काल लागू गरिनेछ। जथाभाबी यात्रु कोच्ने र बढी भाडा लिने सवारीसाधनमाथि ट्राफिक प्रहरीले निगरानी बढाउने भएको छ।

उपत्यकामा दुई हजार १४ किलोमिटर सडक छ। जसमा उपत्यकामा एक लेनको सडक ६ यस ६० किलोमिटर छ भने २ लेनको सडकको दुरी २ सय ३९ किलोमिटर छ। त्यस्तै ४ लेनको सडक १ सय ९३ किलोमिटर छ। 

नेपालमा ३५ लाख ३९ हजार ५ सय १९ सवारी साधन दर्ता छन्। तीमध्ये वागमती अञ्चलमा झन्डै एक तिहाइ अथात् ११ लाख ७२ हजार ४१३ सवारीसाधन दर्ता भएका छन्।

बाहिरी जिल्लाबाट भित्रिएकासहित उपत्यकामा दैनिक ८ लाख बढी सवारीसाधन गुड्ने गरेको महाशाखाको तथ्यांक छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।