शुक्रबार, साउन २९, २०८३

लोक सेवा आयोगका पूर्वअध्यक्ष राईको निधन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- लोक सेवा आयोगका पूर्व अध्यक्ष सन्तबहादुर राईको निधन भएको छ । 

अल्जाइमरलगायत रोगबाट ग्रसित राईको उपचारको उपचारको क्रममा सोमबार बिहान निधन भएको हो । 

८४ वर्षीय राईको पाटन अस्पतालमा उपचार भइराखेको थियो ।  

निजामती सेवामा सचिव भएका राईले अवकाशपछि लोकसेवा आयोगको सदस्य र त्यसपछि अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए ।

उनी १९९३ सालमा संखुवाभाका खादबारी–४ स्यामदाङ पामा गाउँमा जन्मिएका थिए । हाल उनको परिवार ललितपुरको जावलाखेलमा बस्दै आएको छ ।  

 राईका दुई छोरी छन् । उनको श्रीमतीको यसअघि नै निधन भइसकेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।