शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्ड भन्छन्– 'परिवर्तनलाई बदनाम गराउनेहरु सक्रिय भए'

प्रचण्ड भन्छन्– 'परिवर्तनलाई बदनाम गराउनेहरु सक्रिय भए'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही व्यक्तिहरू सशस्त्र विद्रोहीबाट प्राप्त उपलब्धिको बदनाम गराउन सक्रिय रहेको आरोप लगाएका छन् ।

उनले भने, ‘उपलब्धिको बदनाम गर्ने सिलसिला सुरु गरेका छन् । हामी सफल हुन दिँदैनौं ।’ अध्यक्ष दाहालले सरकारले राम्रा काम गर्न खोजे पनि सोचेजति सफलता हात नलागेको बताए ।
 
सुरेश वाग्लेको स्मृति सभालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै दाहालले भने, ‘सरकार प्रभावकारी होस् भन्ने चिन्ता हामीले पनि सुनेका छौं । राम्रा काम गर्न नखोजिएको होइन, आकांक्षाअनुसार काम भएनन् भन्ने कुरा आएको छ ।’

दाहालले नेकपाका नेताहरु आत्मकेन्द्रित, व्यक्तिवादी र आदर्शबाट विचलनतिर गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पार्टीले छिट्टै राष्ट्रिय जागरणको अभियान सञ्चालन गर्न लागेकाले तयारी अवस्थामा रहन उनले पार्टी पंक्तिलाई निर्देशन दिए । उनले भने, ‘यही पार्टी र सरकारलाई बलियो बनाउन एकताबद्ध हुनुको विकल्प छैन ।’ 

माओवादी सशस्त्र विद्रोहका क्रममा मारिनेमध्ये सुरेश वाग्ले उच्चस्तरका नेता हुन् । तत्कालीन वैकल्पिक पोटिब्युरो सदस्य वाग्लेको २०५६ भदौ २३ मा गोरखाको छोप्राकमा प्रहरीसँगको भिडन्तमा मारिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।