ओखलढुंगा- ओखलढुंगाको चम्पादेवी गाउँपालिका– ८ का वडाध्यक्ष अजय लुइँटेल पक्राउ परेका छन् ।
सोहि गाउँपलिका वडानम्बर ७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेको आरोपमा प्रहरीले लुइँटेललाई पक्राउ गरेको हो ।
आइबार साँझ पक्राउ परेका वडाध्यक्ष लुइँटेलाई प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरेर प्रशासन कार्यालयमा बुझाउँने तयारी गरेको छ ।
लुइँटेलले गएको असार ३० गते छिमेकी वडाध्यक्ष थापामाथि कुटपिट गरेका थिए । पीडित थापाले गाउँपालिकामा काम गरिरहेको अवस्थामा दिउँसो ३ बजे रक्सी खाएर आएका लुइँटेलले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा गएको साउन १ गते उजुरी दिएका थिए ।
आरोपित अध्यक्षलाई पटक–पटक प्रहरी कार्यालयमा आउन भनेपनि अटेर गरेपछि प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो । कुटपिट गर्ने लुइँटेल कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् भने पीडित थापा नेकपाका जिल्ला सदस्य हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४