शुक्रबार, साउन २९, २०८३

डा सन्दुक रुइतलाई पनि डेंगु, अस्पताल भर्ना 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेत्र विशेषज्ञ प्रा डा सन्दुक रुइत डेंगुबाट संक्रमित भएका छन् । 

डेंगुको संक्रमणले बिरामी परेपछि उनी तीन दिनयता थापाथलीको नर्भिक अस्पतालमा उपचार गराइ राखेका छन् ।  डा रुइतसँगै उनको परिवारका तीन जनालाई पनि डेंगु देखिएको छ । सबैको उपचार जारी छ । 

डेंगुले भयावह रुप लिएको र यसको संक्रमण फैलाउने लामखुट्टे मास्ने अभियान प्रभावकारी रुपमा चलाउन ढिला गरे झन् गाह्रो उनले बताए । यसले प्रकोप रुप लिएकाले सजग हुनु पर्नेमा उनले जोड दिए । 

डेंगु संक्रमण हुने रुइत एक्ला चिकित्सक होइनन्, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका गरेर आइतबारसम्म १० स्वास्थ्यकर्मीमा डेंगु देखिएको छ ।

अहिलेसम्म करिब ७ हजार ब्यक्ति डेंगुबाट संक्रमित भएको जनाइएको छ । उपचार गराउन नआएका र निजी अस्पतालमा उपचार गराइराखेकाहरुको संख्या जोड्ने हो भने करिब ७० हजार मानिस डेंगुबाट संक्रमित भएको हुनसक्ने अनुमान गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।