शुक्रबार, साउन २९, २०८३

उपनिर्वाचका लागि ४० करोड माग, २५ करोड निकासा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- मंसिर १४ गतेको उपनिर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई २५ करोड रुपैयाँ उपलब्ध गराएको छ। 

प्रत्येक निर्वाचन खर्चिलो बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै आयोगले उपनिर्वाचनका लागि ४० करोड रुपियाँ माग गरेको थियो।

हाललाई २५ करोड रुपियाँ मात्र उपलब्ध गराइएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए । सरकारले हाल २५ करोड रुपैयाँ उपलब्ध गराएको र नपुगे पुनः माग गरिने उनले बताए । 

निर्वाचन सुरक्षा तथा आवश्यक सामग्री खरिद, सुरक्षा, कर्मचारी व्यवस्थापन र ढुवानी लागतलाई हेरेर आयोगले सो रकम माग गरेको थियो।

आयोगले एक सय ५४ वडामा हुने निर्वाचनका लागि अनुमानित ६ हजार आठ सय कर्मचारी खटाउन, पाँच सय ५० मतदान केन्द्र राख्न र ४६ निर्वाचन अधिकृतका कार्यालय स्थापना गर्न बजेटको माग गरेको थियो । 

त्यस्तै मतपत्र छपाई, मतपत्र ढुवानी, मतदाता नामावली प्रकाशनलगायतका खर्च उल्लेख गरेर बजेट मागेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।