शुक्रबार, साउन २९, २०८३

उच्च पहाडमा कालाजार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा- विगतमा तराईमा मात्रै देखिने कालाजार यतिबेला उच्च पहाडी क्षेत्रमा पनि देखिन थालेको छ।

समुद्री सतहदेखि करिब ५ हजार फिट उचाइमा रहेको पाल्पाको रैनादेवी छहरा गाउँपालिकाकी जीवन रानालाई कालाजारको संक्रमणमा देखा परेको हो।

उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. कृष्ण खनालका अनुसार उनलाई आइसियुमा राखिएको छ।

यस क्षेत्रमा कालाजारको उपचार प्रादेशिक अस्पतालमा बाहेक अन्यत्र हुँदैन। 

के हो कालाजार ?

भुसुनाको टोकाइबाट कालाजार संक्रमण हुन्छ। कुनै बेला यो रोग तराई क्षेत्रमा मात्र संक्रमण हुन्थ्यो। अहिले उच्च पहाडमा समेत देखिन थालेको छ।

कालाजार संक्रमण हुँदा लगातार ज्वरो आउँछ। पेट फुल्ने, कमजोरी महसुस हुनेलगायत लक्षण देखिने डा. खनालले बताए। साथै रक्तअल्पता हुने, दुब्लाउँदै जाने, फियो बढ्ने तथा केही समयपछि कलेजो समेत बढ्ने यसका लक्षण हुन्।

कालाजार ‘लेसमानिया डोनोभानी’ नामक प्यारासाइट प्रोटोजोवाका कारण हुने रोग हो। यो एक प्रकारको सेन्टलाई नामक भुसुनाको टोकाइबाट सर्छ। रोगी व्यक्तिलाई टोकेको भुसुनाले निरोगी व्यक्तिलाई टोकेमा रोग सर्छ।

कालाजारबाट बच्न तत्कालका  कीटनाशक औषधि छर्केर भुसुना मार्नुपर्छ। घरमा सुत्दा झुलको प्रयोग गर्ने, साँझपख घरबाहिर बस्दा जिउ ढाक्ने कपडा लगाउने तथा घरवरिपरिको पानी जमेको खाल्डाखुल्डी पुर्नुपर्छ।

डेंगुको महामारी फैलिने संकेत 

रुपन्देहीमा डेंगुको महामारी फैलिने संकेत देखिएको छ। जिल्लामा एक साताका बीचमा ७० जना बिरामीमा डेंगु देखिएको छ। जिल्लाका प्रादेशिक अस्पताल, युसीएमएस भैरहवामा डेंगुका रोगीहरुको संख्या दिनदिनै बढिरहेको छ।

प्रादेशिक अस्पताल बुटवलको आकस्मिक कक्षमा एउटा शय्यामा ४ जना सम्म बिरामी राखेर उपचार भइरहेको छ।

डेंगु संक्रमण फैलिएको खबर पाएपछि प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी शनिबार लुम्बिनी प्रादेशिक अस्पतालमा पुगी बिरामी र उनका आफन्तलाई भेटेका छन्।

उनले अस्पतालका मेसु डा. खनाललाई डेंगु उपचारमा कुनै कमी नराख्न निर्देशन दिएका छन्। 

डेंगु रोगको संक्रमणमा एक जनाको मृत्यु भएको छ। ६१ वर्षीया सावित्रा आचार्यको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ।

लगातार ज्वरो आएपछि परीक्षण गर्दा उनलाई डेंगुको संक्रमण पाइएको थियो। उनी पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्यकी आमा हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।