शुक्रबार, साउन २९, २०८३

पशुपतिमा राष्ट्रियगान बज्दा मलामी पनि उठ्नु !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पशुपतिनाथको आरतीमा राष्ट्रिय गान गाउनुपर्ने संस्कृतिमन्त्री योगेश भट्टराईको प्रस्तावको संघीय संसद्मा आलोचना भएको छ। 

पशुपति आरतीमा राष्ट्रिय गान बजाउँदा त्यस क्षेत्रमा रहेका किरियापुत्री, मलामी, ध्यानमा बसेका साधुसन्तलार्ई अप्ठ्यारो हुने भन्दै सांसदले पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

कांग्रेस सांसद भीमसेनदास प्रधानले भने, ‘राष्ट्रियगान बज्दा उभिनुपर्छ। पशुपतिमा आफन्तको दाहसंस्कार र किरियामा रहेका पुत्रपुत्रीले राष्ट्रिय गीत बज्दा उठ्ने कि नउठ्ने ?

पशुपतिमा राष्ट्रिय गान बजाउँदा राष्ट्रिय गानको बेइजज्ती हुने बताए।

‘यो हाम्रो धर्म, संस्कृति र परम्पार विरोधी कुरा हो। पशुपतिमा आरती मात्र हुँदैन त्यहाँ मलामी र आफ्ना परिवारजनलाई सान्त्वना दिने आफन्त गएका हुन्छन्’, उनले भने, ‘राष्ट्रिय गान त राष्ट्रिय कार्यक्रममा बजाउनुपर्छ।’ 

पञ्चायतका कालमा सिनेमा हलमा पनि राष्ट्रियगान बजाइने प्रसंगन निकाल्दै उनले भने, ‘राष्ट्रियगान त राष्ट्रपति, प्रधानमन्त्री तथा राष्ट्रिय कार्यक्रममा बजाउनुपर्छ। ’

पशुपतिमा विभिन्न देशबाट धेरै तीर्थयात्री आउँछन्। उनीहरूलाई नेपाली प्रचलनबारे थाहा हुँदैन। सांसद प्रधानले भने, उनीहरुलाई के थाहा हुन्छ त्यहाँ नेपालको राष्ट्रियगान बज्छ भनेर ?’ पस्नासाथ उनीहरुले दर्शन गर्छन्। उनीहरु उभिएनन् भने के हुन्छ ?’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।