शुक्रबार, साउन २९, २०८३

बेरोजगारका लागि नेपालगञ्जमा ‘रोजगारी पसल’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बाँके- बेरोजगारलाई रोजगार दिने उद्देश्यले नेपालगञ्जमा ‘रोजगारी पसल’ सञ्चालन गरिएको छ। बेरोजगार व्यक्तिहरुको सीप र क्षमताका आधारमा विभिन्न रोजगारी दिने सङ्घसंस्थासम्म पुर्‍याई रोजगार प्रदान गर्ने उद्देश्यले यस्तो पसल खुोलिएको उक्त संस्थाका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले बताए।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणाले पसलको शुभारम्भ गर्दै यहाँका होटल, कलकारखाना, उद्योग, अस्पताल, विद्यालयलगायत व्यापारिक प्रतिष्ठानलाई आवश्यक पर्ने दक्ष कामदारको माग सहज रुपमा पुर्याउन यसले मद्दत गर्ने बताए।

प्रबन्ध निर्देशक गिरीले यस पसलले रोजगारदाता सङ्घसंस्था र रोजगार गर्न चाहनेका लागि पुलको काम गरिने जानकारी दिए। ‘हामीले रोजगारदाता सङ्घसंस्थाकोे माग अनुसारका दक्ष  कामदार उत्पादन गरेर पठाउँछौँ’, उनले भने, ‘यसबाट विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै सीप सिकेर सीपअनुसारको जागिर खान वा आयआर्जन गर्न सकिनेछ।’

सन् २०१२ मा स्थापना भई काठमाडौँ, इटहरी र पोखराजस्ता शहरमा यस पसलले सेवा प्रदान गर्दै आएको व्यापार प्रबन्धक सञ्जीव निरौलाले बताए। हालसम्म देशैभरिबाट एक लाख ५० हजारभन्दा बढी रोजगार गर्न चाहने व्यक्तिले पसलमा आवेदन दर्ता गराएको उनको जिकिर थियो। 

उक्त पसलमा हाल पाँच हजारभन्दा बढी रोजगारदाता सङ्घसंस्थाले आबद्धता जनाएका छन्। करीब आठ हजारभन्दा बढी जनशक्तिले विभिन्न रोजगार कम्पनीमा पसलमार्फत रोजगारी गरिरहेका छन्। 
उक्त पसलका शाखाप्रमुख उपेन्द्र गुरुङले बेरोजगार व्यक्तिले नेपालगन्जको शाखा कार्यालयमा आई आफ्नो आवेदन निःशुल्क रुपमा दर्ता गर्न सक्ने र त्यस्ता व्यक्तिका लागि आवश्यकता अनुसारको तालीमको व्यवस्थासमेत गरिने जानकारी दिए। रासस
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।