शुक्रबार, साउन २९, २०८३

सुनको मूल्य घट्न थाल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सुनको मूल्य घट्न थालेको छ। लगातार बढ्दै गएको सुनको मूल्य ७३ हजार ४ सय पुगेपछि घट्न थालेको हो।

गत शुक्रबार एकैदिन सुन तोलामा १४ सय रुपैयाँले घटेको थियो। त्यसैगरी आइतबार सुन तोलामा ५०० रुपैयाँले घटेको छ।

शुक्रबार ७२ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार ७१ हजार ५०० मा कारोबार भएको छ।

पछिल्लो समयमा सुनको मुल्य निरन्तर बढेर रेकर्ड राख्दै गइरहे पनि गत शुक्रबारदेखि भने सुनको मुल्य पुन ओरालो लाग्न थालेको छ। 

आइतबार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ८८५ रुपैयाँमा कारोबार भएको छ।

गत शुक्रबार चाँदी प्रतितोला ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।