शुक्रबार, साउन २९, २०८३

घरभित्रै ट्याक्टर पसेर ठक्कर दिदा किशोरको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

दाङ- घर भित्रै ट्याक्टर पसेर ठक्कर दिदा दाङमा एक किशोरको मृत्यु भएको छ । 

शनिबार बेलुका घरको आँगनमा बसिरहेका बेला रा १ त २६३१ नंको ट्र्याक्टर अनियन्त्रित भइ घरभित्र पस्दा १४ वर्षीय अनिल विकको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका अनिलको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएको थियो । 

चालकले मादकपदार्थ सेवन गरेर चलाएकाले दुर्घटना भएको प्रहरीको भनाइ छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।