शुक्रबार, साउन २९, २०८३

उपसचिव र सहसचिवका तीन सय पदमा दरखास्त मागिँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- लोक सेवा आयोगले संघका रिक्त दरबन्दीमा नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गर्ने तयारी थालेको छ । 

संघीय तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र सहसचिव पदका लागि माग पठाएपछि आयोगले दुई वर्षपछि संघमा भर्ना प्रक्रिया सुरु गर्ने तयारी थालेको हो । मन्त्रालय स्रोतका अनुसार संघमा करिब तीन सय उपसचिव र सहसचिव पदको दरबन्दी रिक्त छ । 

संघीय मन्त्रालयले गरेको मागलाई आयोगको बैठकमा पठाएको र बैठकले निर्णण गरेपछि नियमित कार्यतालिकाअनुसार असोज तेस्रो साता दरखास्त गरिने आयोगले जनाएको छ ।  

मन्त्रालयले साताभित्रै अन्य पदमा पनि माग पठाउने तयारी भएको जनाएको छ ।

अहिले रिक्त पदको विवरण संकलन भइरहेको र विवरण संकलन भइसकेपछि आयोगमा पदपूर्तिका लागि माग पठाउने मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार अहिले ५ हजार दरबन्दी रिक्त छ । स्रोतका अनुसार खरिदार, नायब सुब्बा पदका दरबन्दी बढी रिक्त छन् ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।