शुक्रबार, साउन २९, २०८३

चिनियाँ विदेशमन्त्री नेपाल आउँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आइतबार नेपाल आउँदैछन् । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा वाङ नेपाल आउन लागेका हुन् । उनको भ्रमण टोलीमा १९ सदस्य छन् । वाङलाई परराष्ट्रसचिव शंकरदास वैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् । 

उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रूपमा हेरिएको छ । तर, चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको मिति अझै निश्चित भइसकेको छैन । 

वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । भेटमा चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई), चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

समकक्षी प्रदीप ज्ञवालीसँग वाङको भेटवार्ता भने सोमबार हुनेछ । भेटवार्ताका क्रममा तातोपानी र केरुङ नाकामा अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने ड्राइपोर्ट लगायतका भौतिक संरचना, चीन–काठमाडौं रेलमार्ग निर्माण लगायतका विषयमा छलफल हुने एजेण्डा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

नेकपा सरकार गठन भएपछि चीनको तर्फबाट भएको यो उच्चस्तरीय भ्रमण हो ।

वाङ यसअघि सन् २०१४ मा नेपाल आएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।