शुक्रबार, साउन २९, २०८३

सुर्खेतमा भेटिए डेंगुका तीन बिरामी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- सुर्खेतका तीन बिरामीमा डेंगुको संक्रमण भेटिएको छ । 

प्रदेश अस्पतालमा उपचार गराउन आएका वीरेन्द्रनगर नगरपालिका-४, का ३५ वर्षीय उदय सुनार, बराहताल गाउँपालिका-१, हरिहरपुरकी १२ वर्षीया एलिना पुलामी र वीरेन्द्रनगर-६ का ३५ बर्षीय जयकिसन बिकमा डेंगुको संक्रमण देखिएको हो । 

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत तथा महामारी रोग नियन्त्रण फोकल पर्सन श्यामलाल आचार्यका अनुसार सुनार र पुलामी उपचारपछि घर फर्किसकेका छन् भने बिकको देउती नर्सिङ होममा उपचार भइरहेको छ । 

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत श्यामलाल आचार्य डेंगुको उपचार नपाए ज्यान जाने खतरा रहेको बताउँछन् । ज्वरो आउनु डेंगुको लक्षण भएकाले यो अवस्थामा चेकजाँच गराउनुपर्ने उनको सुझाव छ । 

भाइरल ज्वरो र रुघाखोकीले सिंगै गाउँ थला 

जिल्लाको बराहताल गाउँपालिकास्थित चेपाङ गाउँमा भाइरल ज्वरो र रुघाखोकीको संक्रमण देखिएको छ । करिव चार सय घरधुरी रहेको यो गाउँमा दुई हप्तादेखि भाइरल ज्वरोको संक्रमण फैलिएको हो । 

समयमै उपचार नपाउँदा अधिकांश मानिसमा संक्रमण फैलिएको स्थानीयले बताएका छन् । गाउँमा उपचार नपाउँदा थप समस्या देखिएको उनीहरूको भनाइ छ । स्थानीयका अनुसार वराहतालको वडा नं. ५ मा रहेको सामुदायिक स्वास्थ्य इकाईमा सिटामोलसमेत छैन ।

तर, इकाई प्रमुख भुवन पौडेलले भने स्थानीयको यो आरोप स्वीकार्दैनन् । उनी दुई सातादेखि उपचारका लागि आउने बिरामीको भीड लागेको बताउँछन् । ‘उपचारका लागि दैनिक बढिरहेका छन् । अहिले दैनिक १५/१६ जना बिरामी आउने गरेका छन्,’ उनले भने । संक्रमणबाट बालबालिका र वृद्धवृद्धा प्रभावित भएको उनको भनाइ छ । 

स्थानीय भने यहाँका बिरामीलाई उपचारको लागि बड्डीचौर र वीरेन्द्रनगर लैजानुपरेकाे बताउँछन् । गाउँमा सडक पहुँच नहुँदा बिरामीलाई स्टेचरमा बोकेर लैजानुपरेकाे उनीहरुकाे दुखेसाे छ ।  



गाउँमा मेडिकल सञ्चालन गरेका नारायण खनाल सडक नहुँदा गाउँमा औषधि पुर्याउन मुस्किल भएको बताउँछन् । 

बराहताल गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष तिलक मर्साङलीले तल्लो चेपाङमा भाइरलका विरामी बढेको बताए । उनले उपचारका लागि सामुदायिक स्वास्थ्य इकाईलाई निर्देशनसमेत दिइसकेको बताए ।

स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतनीधि वाग्ले मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढे पनि डराउनुपर्ने अवस्था नरहेको बताउँछन् । ‘स्वास्थ्य कार्यालयसँग औषधि र जनशक्ति पर्याप्त छ,’ उनले भने ।

उनका अनुसार सुर्खेतको पश्चिम क्षेत्रमा यस्ता बिरामी बढी देखिएका छन् । उनले जिल्लाभरका स्थानीय तहलाई भाइरलविरुद्ध सचेतना फैलाउन पत्राचार गरेको समेत बताए । 

के हो भाइरल ज्वरो ?

सिजनल फ्लु भनिने भाइरल ज्वरो मानिसको रगतमा भाइरसको संक्रमण भएपछि आउँछ । शरीरमा रोगप्रतिरोधात्मक क्षमता कम भएपछि पनि भाइरल ज्वरो आउन सक्छ । 

चिकित्सकका अनुसार प्रायः मौसम परिवर्तन हुने समयमा भाइरल ज्वरोको संक्रमण देखिन्छ । यो बेला धुवाँ–धुलोबाट बच्न मास्क प्रयोग गर्न र भीडभाडमा नजान चिकित्सक सुझाउँछन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।