आइतबार, चैत १९, २०७९

‘भर्चुअल’ दुनियाँको कथा : गुम्फन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
पछिल्लो समय बालबालिका होऊन् वा बयस्क अधिकांश समय इन्टरनेटमा व्यस्त देखिन्छन्। इन्टरनेटको लत यति लागिसकेको छ कि, मानिसहरू भोकप्यास बिर्सेर कम्प्युटर वा स्मार्टफोनमा झुन्डिइरहेका हुन्छन्। 

विशेषगरी किशोर र युवावर्गलाई सामाजिक सञ्जालले मात्र नभई इन्टरनेटका हर कुराहरूले अरुबाट एक्ल्याइरहेको छ।

हिजो टाढा भएका आफन्तसँग जोड्ने इन्टरनेटले आज एकै परिवारका सदस्यलाई पनि एकआपसमा टाढा बनाएको छ। मानिसहरू समूहमा बस्दा पनि एकआपसमा कुरा नगरी इन्टरनेटमै समय बिताइरहेका हुन्छन्।

इन्टरनेटको अत्यधिक प्रयोगले मानसिक जटिलता समेत उत्पन्न हुने विभिन्न अनुसन्धानहरूले प्रमाणित गरेका छन्। यसले मानिसलाई वास्तविक संसारबाट टाढा लगेर भर्चुअल संसारमै अभ्यस्त बनाउन थाल्छ।

यही परिवेशलाई उतार्न खोजिएको छ – बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘गुम्फन’ मा।

दीलिप रानाभाटले निर्देशन गरेको नाटक गुम्फनमा किशोरकिशोरीमा बसेको सामाजिक सञ्जाल र इन्टरनेटको लतलाई रोचक तरिकाले प्रस्तुत गरिएको छ।

गुम्फनमा पात्रहरू वास्तविक दुनियाँबाट भाग्दै आभाषी (भर्चुअल) दुनियाँमा रमाइरहेका छन्।

एलिना, ज्यास्मीन, आयान र एमन एउटै कक्षामा पढ्छन्। आफ्नो भविष्यको बारेमा स्पष्ट भए पनि उनीहरूको दैनिक अस्तव्यस्त छ।

कलेजमा साथीसँग घुलमिल नगर्ने मुख्य पात्र आयान एकोहोरो पाराका छन्। बुबाले निकै माया गर्ने आयान दैनिक १८ घण्टासम्म अनलाइनमा भुल्छन्। बुवालाई भर्चुअल संसारको बारेमा जानकारी नभएको उनको बुझाई छ।

पढाइ, निद्रा, परिवार सबथोक त्याग्न तयार आयान वास्तविक दुनियाँबाट एक्लिएका छन्। इन्टरनेटको लतका कारण उनले बुवासँग झर्किन थालेका छन्।

अचेलका स्कुले किशोरकिशोरीको अवस्थालाई जस्ताको तस्तै उतार्ने प्रयास गरिएको छ नाटकमा।

नाटककी अर्की पात्र ज्यास्मीन चटपटे स्वभावकी छीन्। तर अनलाइन गार्डेनमा भने उनी डार्क फ्लो नाम गरेका व्यक्तिसँग गम्भीर कुरा गर्छिन्। ज्यास्मीन र यमनबीच प्रेम सम्बन्ध छ तर, अनलाइनमा अरुसँग व्यस्त रहँदा उनले यमनलाई पनि बिर्सिदिन्छन्।

त्यस्तै एलिनामा एउटै निराशा छ, आफू मोटी भएकोमा उसमा अचम्मको लघुताभाष छ। त्यसैकारण अरुबाट एक्लिएकी एलिनाको एकदिन अनलाइन गार्डेनमा डार्क फलोसँग भेट हुन्छ र, ऊसँगै रमाउन थाल्छिन्।

अनलाइनमा डार्क फ्लोको नामले चिनिने आयान नै हुन्छन्। तर, अनलाइनमा जोडिएको सम्बन्ध वास्तविक होइन, त्यसैले एलिना मानसिक रुपमा विक्षिप्त हुँदै जान्छिन्।

नाटकका दुई पात्र आयान र एलिनालाई यही भर्चुअल दुनिँयाको लतले डिप्रेसनमा पुर्याउँछ। यद्यपि, उनीहरु डिप्रेसन भएको स्विकार्न तयार हुँदैनन्। त्यही समस्या बढ्दै गएर अन्त्यमा आयानको मृत्यु हुन्छ। आयानको मृत्यु सहन नसकेर एलिनाको पनि मृत्यु हुन्छ।

एलिसा सालोको फिनिस नाटक ‘रयादेस्सवारा’को अंग्रेजी अनुवाद ‘फलिङ’ लाई जिवेश रायमाझीले नेपाली अनुवाद गरेका हुन्।

दीलीप रानाभाटद्वारा निर्देशित यस नाटकका पात्र र घटनाक्रम निकै वास्तविकता लाग्छन्।

इन्टरनेटको लतले गराउन सक्ने दुर्घटनालाई नाटक गुम्फनले समेट्ने प्रयास गरेको छ।

‘गुम्फन’ मा संगीता थापा, अभिषेक गैरे, आयुस्ना गिरी, इष्टु कार्की, रिदम सुनुवार, बिजेश गौतम, मदन सुवेदी लगायतको अभिनय छ।

नाटक भदौ २९ गतेसम्म शिल्पी थिएटरमा मंगलबार बाहेक नियमित मञ्चन भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।

समापन भयो बुद्ध थिएटर फेस्टिभल

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो।

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।