शुक्रबार, साउन २९, २०८३

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- अविरल वर्षासँगै गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

कालिकोटको तिलागुफा नगरपालिका-७, टाकुल्ला खोलामा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो । बाढीले सडक बगाएपछि शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध भएको हो । 

राजमार्ग अवरुद्ध हुँदा यात्रु बाटोमै अलपत्र परेका छन् । 

जिल्ला प्रहरी कार्यालय, कालिकोटका प्रहरी निरीक्षक यक्षराज जोशीका अनुसार सडक डिभिजन कार्यालय, जुम्लाले दुई डोजर लगाएर पहिरो पन्छाइरहेको छ । 

कर्णालीको लाइफलाइनका रूपमा हेरिने याे राजमार्ग पहिरोका कारण बर्सेनि अवरुद्ध हुने गरेको छ । तर, राजमार्गको स्तरोन्नति गर्नतर्फ राज्यले चासो नदिएकाे स्थानीयको गुनासो छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।