शुक्रबार, साउन २९, २०८३

गंगामाया अस्पतालभित्रै नजरबन्दमा !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग राख्दै लामो समय अनसन बसेकी गंगामाया अधिकारीले आफूलाई राज्यले नजरबन्दमा राखेको बताएकी छन्।

शुक्रबार एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिन जान खोज्दा प्रहरीले रोकेपछि आफू नजरबन्दमा रहेकोबारे बल्ल थाहा पाएको उनले बताएकी हुन्।

वीर अस्पतालको क्याबिन नं. ७ मा पाँच वर्षदेखि बस्दै आएकी गंगामायाले शनिबार सोही क्याबिनमा केही पत्रकारहरुसँग कुरा गर्दै आफू राज्यको नजरबन्दमा रहेको बल्ल थाहा पाएको बताईन्।

‘न्युज २४’ को एक कार्यक्रममा जान लाग्दा एक प्रहरी जवान र प्रहरी अस्पतालका अन्य दुई कर्मचारीले आफूलाई जबरजस्ती रोकेको र कतै जान नदिन आफूहरुलाई आदेश रहेको रोक्नेहरुले बताएको गंगामायाले सुनाईन्।

गंगामायाले आफू नजरबन्दमा रहेको थाहा पाएपछि पुनः अनशन बस्ने घोषणा गरेकी छन्। यसअघि ११ पटकसम्म आमरण अनशन बसेकी गंगामायाले आफूलाई राज्यले नजरबन्दमा राखेको विरोधमा र छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको काग गर्दै १२ औं अनसन सुरु गर्ने घोषणा गरिन्।

गंगामायाका पति नन्दप्रसादको आमरण अनशनकै क्रममा २०७१ असार १ गते मृत्यु भएको थियो।

२०६१ साल असोज २४ गते तत्कालीन माओवादीले आफ्ना १७ वर्षीय छोरा कृष्णप्रसादलाई सुराकीको आरोपमा हत्या गरेपछि हत्यारालाई कारबाहीको माग गर्दै गंगामाया र नन्दप्रसाद आमरण अनशनमा बसेका थिए। अनशनकै क्रममा मृत्यु भएका नन्दप्रसादको शव अहिले पनि शिक्षण अस्पतालको शव गृहमा छ।

गंगामायाले आफूले अहिलेसम्म न्याय नपाएको र न्यायका लागि अन्तर्राष्ट्रिय अदालतको ढोका ढक्ढक्याउने तयारी गरेकोसमेत जानकारी दिइन्। तर सरकारले अघोषित रुपमा आफूलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि देशमा जानका लागि बन्देज लगाउन सकुर्लेशन गरेको जानकारी आफूले प्राप्त गरेको पत्रकारहरुसँग बताईन्।

गंगामायाले आफ्नो छोरा कृष्णप्रसादको तत्कालीन माओवादीले हत्या गरेकाले तत्कालीन पार्टी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईको हातमा हत्कडी नलगाएसम्म न्यायको प्रत्याभूति नहुनेसमेत दोहोर्याईन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।