शुक्रबार, साउन २९, २०८३

मोटरसाइकल दाइजो नपाएको निहुँमा हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

रौतहट- मोटरसाइकल दाइजो नदिएको निहुँमा रौतहटमा महिलाकाे हत्या भएको छ । 

राजपुर नगरपालिका–७, अकोलवाकी २५ वर्षीया सन्जुदेवीको हत्या भएको हो ।

मृतकका बुबा अविलास सहनीको किटानी जाहेरीपछि प्रहरीले घटनामा संलग्न भएको आरोपमा मृतकका श्रीमान रामबाबु सहनी र ससुरा मोहन सहनीलाई पक्राउ गरेको छ ।  

किटानी जाहेरीमा ज्वाइँले दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट गर्ने गरेको उल्लेख गरिएको छ । छोरीको घाँटीमा डाम देखिएकाले हत्या भएको उनको ठहर छ । 

घटनाबारे अनुसन्धान भइरहेको र मृतकको शव परीक्षणपछि परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।