भरतपुर - भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी छन्। कैलाशनगर बस्ने ६ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएकी प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बालिका यही भदौ १९ गते घरबाट हराएकी थिइन्। उनी आज बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिइन्। उनको शव परीक्षणका लागि अस्पतालमा लगिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४