काठमाडौं – सरकार र यातायात व्यवसायीले दसैं अघि भाडा नबढ्ने बताएका छन्। यातायात विभागले चाडबाडमा यात्रु बसलाई सहज बनाउन सरोकारवालासँगको छलफललाई तीव्र बनाएको छ।
यातायात व्यवसायी भाडा बढाउन बैठक बसिरहेका छन् भन्ने हल्ला मात्रै हो। भाडाबारेको निर्णय सरकारले गर्छ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने भाडा समायोजनको विषयमा हामीले सरकारसँग कुनै बार्गेनिङ गरेका छैनौं।
एकसाताको समय मागेर आफूहरुले कसरी यात्रुलाई दसैंमा सहज रुपमा सेवा दिन सकिन्छ भनेर छलफल गर्न लागेको उनले बताए।
यता यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले पनि दसैं अघि कुनैपनि हालतमा भाडा नबढ्ने दाबी गरे। दसैंमा उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गर्छन्। (कान्तिपुरबाट)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४