शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गौहत्या प्रकरण : प्रहरी निरीक्षक र ट्रान्सपोर्टका सञ्चालक पक्राउ

गौहत्या प्रकरण : प्रहरी निरीक्षक र ट्रान्सपोर्टका सञ्चालक पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत - सुर्खेतमा भएको गौहत्या प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी वसन्त राजौरेका अनुसार छानविनका लागि नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विकी भनिने सत्रिप्तसिंह श्रेष्ठलाई पक्राउ गरिएको हो।

बोगटी र श्रेष्ठलाई बाँके प्रहरीको समन्वयमा सुर्खेत प्रहरीको टोली पक्राउ गरेको हो। पक्राउ परेका दुबैलाई म्याद थप गरी छानविन थालिएको प्रहरीले बताएको छ। यस अघि ट्रक चालक र सहचालक गरी ८ जना प्रक्राउ परेका थिए। उनीहरुमाथि एक हप्ताको म्याद थप गरी प्रहरीले छानविन गरिरहेको छ।

दैलेखको श्रीस्थान लैजाने भन्दै नेपालगञ्ज उपमहानगरपालिकाबाट ल्याइएका २ सय ९१ मध्ये ३५ वटा गाइगोरुको सुर्खेतमा मृत्यु भएको थियो । घटनाको छानविनको लागि ४ वटा समितिहरु गठन गरिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।