शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुपथ मूल्य पसल भदौ २३ देखि, बजार अनुगमन प्रभावकारी बनाइने

सुपथ मूल्य पसल भदौ २३ देखि, बजार अनुगमन प्रभावकारी बनाइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सरकारले दशैं, तिहारलाई लक्षित गरि भदौ २३ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो।

शुक्रबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै विभागमा महानिर्देशक योगेन्द्र गौचनले सुपथ मूल्य पसल सञ्चालनका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गरिसकेको जानकारी दिए। उनले साल्ट ट्रेडिङ कर्पोरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले एकीकृत रुपमा सुपथ पसल सञ्चालन गर्ने बताए।

विभागले यस वर्ष खसी, बोकाको मासुमा प्रतिकेजी १० रुपैयाँ, चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिने व्यवस्था गरेको छ। यसैगरी बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यकामा मात्रै ८ वटा टोली परिचालन गर्न लागिएको  उनले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।