शुक्रबार, साउन २९, २०८३

सर्वोच्चले रोक्यो एमबीबीएसको प्रवेश परीक्षा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सर्वोच्च अदालतले एमबीबीएसको प्रवेश परीक्षा रोकेको छ।

भोलि (शनिबार) को लागि तय भएको एमबीबीएसको परीक्षा सर्वोच्चले रोकेको हो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवेश परीक्षा सर्वोच्चले रोकेको हो।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘भोलि (शनिबार) एमबीबीएस तहको परीक्षा सञ्चालन नगरी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (ख) बमोजिम तत्कालै यथास्थितिमा राखी छलफलको निम्ति भदौ २५ गते आउनु भनी प्रत्यर्थीहरूलाई म्याद सूचना जारी छलफलको लागि पेशीको सूचना महान्यायाधीवक्ताको कार्यालयलाई समेत दिई उपस्थित भए वा गुजारेपछि नियमानुसार गर्नू।’

आयुष ओझाले दिएको रिटमाथि सुनवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले उक्त आदेश दिएको हो।

छलफलका लागि दुबै पक्षलाई भदौ २५ गते बोलाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।