शुक्रबार, साउन २९, २०८३

अवैध भारुसहित एकजना पक्राउ  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २९ लाख ८० हजार अवैध रकमसहित प्रहरीले शुक्रबार दिउँसो एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। धनगढी भन्सार नाकाबाट प्रहरीले पलिया खिरी घर भई धनगढी उपमहानगरपालिका-१ बस्ने अतुल बर्मालाई पक्राउ गरेको हो। 

यूपी ३१ एके ७३४८ नम्वरको कारबाट २५ लाख नेपाली र ३ लाख भारतीय रुपैयाँसहित बर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए।

विशेष सूचना पाएपछि नाकामा गाडी कुरेर बसेको प्रहरीले त्रिनगर भन्सार नाकामा इन्ट्री गरीसकेपछि गाडी नियन्त्रणमा लिएको हो। चालक बर्माले ५० हजार खल्तिमा र अन्य रकम गाडी भित्र लुकाएका थिए। यति धेरै रकम कहाँबाट र कसरी आयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।