शुक्रबार, साउन २९, २०८३

उपचारपछि स्वदेश फर्किए प्रधानमन्त्री 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किएका छन्।

उनी थाई एयलाइन्सको विमानबाट स्वदेश फर्किएका हुन्। 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका थिए। 

उनले विमानस्थलमा सञ्चारकर्मीहरूलाई भने कुनै प्रतिक्रिया दिएनन्।

ओली गत भदौ ५ गते उपचारका लागि सिंगापुर गएका थिए। उनको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा फेरिसिस प्रक्रियाबाट उपचार गरिएको थियो। उनको सातौं चरणको प्लाज्मा फेरिसिस गत बुधबार सकिएको थियो। 

उपचारपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।