शुक्रबार, साउन २९, २०८३

नेपालगञ्जका दुई वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बाँके- सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिकाका दुई वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय, बाँकेले वडा नम्बर १७ का वडाध्यक्ष अजयकुमार पाठक र वडा नम्बर १८ का वडाध्यक्ष दीपकुमार बर्माविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

प्रहरीका अनुसार सहकारी वित्तीय विकास संस्था लिमिटेडको सञ्चालक समितिमा रहँदा ५२ करोड रूपैयाँ अपचलन गरेको आरोपमा उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । अहिले दुवै जना फरार रहेको र उनीहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ । 

पाठक सहकारी संस्थाको उपाध्यक्ष पदमा कार्यरत थिए भने बर्मा कार्यसमिति सदस्य तथा कर्जा लगानी उपसमितिमा थिए ।  

सोही मुद्दाको अनुसन्धान अधिकृतसमेत रहेका प्रहरी नायब उपरीक्षक सापकोटाले दुवै अध्यक्षविरुद्ध रकम अपचलनको अभियोग लागे पनि के-कति रकम अपचलन भयो भन्नेबारे अनुसन्धानपछि मात्रै खुल्ने बताए । 
 
सहकारीको रकम अपचलन मुद्दाको अनुसन्धान गर्ने क्रममा यसअघि प्रहरीले सहकारीका कर्मचारी रहेका वडाध्यक्ष बर्माका दाइ मुख्य आरोपी अरूणकुमार बर्मासहित गंगाधर सुवेदी, गोपाल भण्डारी, स्थीरमणि बज्राचार्य, प्रकाश चौधरी र बलराम यादवलाई पक्राउ गरिसकेको छ । सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीलगायत अरु सञ्चालक पनि सम्पर्कविहीन रहेकाले उनीहरुको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । 

११ हजार ४०८ जना निक्षेपकर्ता रहेको सहकारीको नेपालगन्ज, खजुरा र बैजापुरमा शाखा रहेको थियो । बाँके प्रहरीले सूचना जारी गर्दै बचतकर्तालाई आफूसँग भएको प्रमाण लिएर सम्पर्कमा आउन आह्वान गरेको छ ।

सहकारी सञ्चालक समितिका केही पदाधिकारीलाई प्रहरीले पक्राउ परेपछि र केही फरार भएपछि अहिले सहकारी बन्द अवस्थामा छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।