शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै किशोरीमाथि एसिड प्रहार

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै किशोरीमाथि एसिड प्रहार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पर्सा- प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै  वीरगज महानगरपालिकाको छपकैया २ की एक किशोरीमाथि एसिड प्रहार भएको छ । 

१५ वर्षीया मुस्कान खातुनमाथि दुई जना युवाहरुले गाणेशमान चौक जाने गल्लिमा शुक्रबार (आज) बिहान एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । 

किशोरीको एसिड प्रहारले शरिरको एक भाग पुर्ण रुपले जलेको प्रहरीले जनाएको छ ।

एसिड प्रहारबाट मुख, हात, छाती पाखुरामा गम्भीर घाउ भएको प्रहरी नायव उपरीक्षक अन्न्तराम शर्माले जानकारी दिए । गल्लीमा रहेका एक शैलुनमा बसेका दुई जना युवाले ति किशोरीमाथि एकाएक एसिड प्र हार गरेर भगेको प्रत्यदर्शीले बताएका छन् । 

घटनामा संलग्न छपकैया निवासी समसाद मियालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का एक युवक माजिद मियालाई फरार रहेको प्रहरीले जनाएको छ । 

यसैबिच पर्सा निर्वाचन  क्षेत्र १ का सांसद प्रदिप यादवले घाईते छात्राको परिवारलाई नगद ५० हजार दिएका छन् । घाईते किशोरीलाई थप उपचारको लागी काठमाडौ ल्याइएकाे छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।